२०८३, आश्विन २० गते

images

२३५ स्थानीय तहमा आज सार्वजनिक बिदा

२३५ स्थानीय तहमा आज सार्वजनिक बिदा

शुक्रवार, श्रावण २५ २०८१०९:४७
शुक्रवार, श्रावण २५ २०८१०९:४७
  • images

    काठमाडौँ । शुक्रबार देशभरका २३५ वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । कर्णाली र कोसी प्रदेशले प्रदेशभर सार्वजनिक बिदा दिएका छन् भने कैलाली र तनहुँ जिल्लाका स्थानीय तहले समेत सार्वजनिक बिदा दिएका हुन् ।

    कोसी प्रदेशका १४ जिल्लाका १३७ वटा स्थानीय तह तथा कर्णाली प्रदेशका १० जिल्लाका ७९ स्थानीय तह, कैलाली जिल्लाका ९ र तनहुँका १० वटा गरी २३५ स्थानीय तहले शुक्रबार सार्वजनिक बिदा दिईएको हो ।

    विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस तथा नाग पञ्चमीका लागि दुई प्रदेशले सार्वजनिक बिदा दिएका हुन् । 

    कोसी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बिहीबार बसेको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

    कोसी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीका अनुसार प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको  छ ।

    कर्णाली प्रदेश सरकारले नाग पञ्चमीका अवसरमा प्रदेशभर लागू हुनेगरी सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

    श्रावण शुक्ल पञ्चमीको अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिने निर्णय गत वैशाख १७ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको थियो । 

    कैलालीका नौवटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । आज नागपञ्चमी र थारु समुदायले मनाउने गुरही (गुरिया) पर्व परेकाले बिदा दिने निर्णय भएको ती स्थानीय तहले जनाएका छन् । 

    धनगढी उपमहानगरपालिका, भजनी, टीकापुर, गोदावरी, गौरीगंगा, घोडाघोडी नगरपालिका, जानकी, कैलारी र बर्दगोरिया गाउँपालिकाले आज बिदा दिएका हुन् । 

    यस्तै, तनहुँका दशै स्थानीय तहहरुले शुक्रबार सार्वजनिक बिदा दिने भएका छन् । ३० औं विश्व आदिवासी दिवसको अवसरमा स्थानीय तहले शुक्रबार सार्वजनिक बिदा दिने भएका हुन् । 

    बिहीबार सूचना प्रकाशन गरी आदिवासी दिवसको अवसरमा अत्यावश्यक बाहेका अन्य सबै सेवामा सार्वजानिक बिदा दिइएको जनाइको छ । 

    यस पटकको दिवसको मुल नारा ‘संविधानप्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर’ रहेको छ ।

    यो दिवसको अवसरमा आदिवासी जनजाती समुदायले विभिन्न कार्यक्रम गरि मनाउने भएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend