२०८३, आश्विन २० गते

images
  • समाचार
  • राजश्व अनुसन्धानको ११ महिने प्रगति रिपोटः...

राजश्व अनुसन्धानको ११ महिने प्रगति रिपोटः ४८ वटा मुद्दा दायर, ५ अर्ब मागदाबी

राजश्व अनुसन्धानको ११ महिने प्रगति रिपोटः ४८ वटा मुद्दा दायर, ५ अर्ब मागदाबी

शुक्रवार, आषाढ १३ २०८२०३:५९
शुक्रवार, आषाढ १३ २०८२०३:५९
  • images

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले ११ महिनाको अवधिमा ५ अर्ब रुपैयाँभन्दा बढी रकम माग दाबी गर्दै मुद्धा दायर गरेको पाइएको छ । 

    विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले शुक्रबार चालू आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्मको ११ महिने प्रगति प्रतिवेदन सार्वजनिक गर्दै ५ अर्ब १९ करोड रुपैयाँभन्दा बढी माग दाबी गरिएको बताएका हुन् । उनका अनुसार सो रकममध्ये २ अर्ब ५९ करोड रुपैयाँ विगो र सोही बराबरको जरिवाना हो ।

    यस्तै, सोही अबधिमा विभागले १६० जना प्रतिवादीहरुविरुद्ध ४८ वटा अभियोगपत्र दायर गरेको छ । 

    भन्सार चोरी पैठारी, ट्रान्सपोर्टमार्फत ढुवानी भएका सामग्रीहरूमा अनियमितता, मूल्याङ्कन र वर्गीकरणमा गडबडीजस्ता विषयमा गरिएको आकस्मिक निरीक्षणबाट १ अर्ब १६ करोड रुपैयाँ धरौटी माग गरिएको छ। धरौटी रकममध्ये ५५ करोड १८ लाख रुपैयाँ आन्तरिक राजस्व तथा भन्सार विभागमा असुल गर्न लेखी पठाइएको विभागले जनाएको छ ।

    विभागले अनुसन्धान र तहकिकातका क्रममा पूर्ण रूपमा तथ्यमा आधारित सूचनाको स्क्रिनिङ गर्दै वस्तुनिष्ठ र तथ्यमा आधारित प्रक्रिया अपनाउँदै आएको जनाएको छ। यसैगरी विदेशी विनिमय अपचलनसम्बन्धी अनुसन्धानमा १६१ जना प्रतिवादीविरुद्ध ११७ वटा मुद्दा दायर गरिएकाले ५ अर्ब रुपैयाँभन्दा बढीको मागदावी दर्ता गरिएको छ ।

    विभागमा १० महिना काम गरेका घिमिरे शुक्रबारदेखि अनिवार्य अवकाशमा जाँदैछन् । उमेर हदका कारण उनी शुक्रबारदेखि बिदा भएका हुन् । विभागमा १० महिनाको अबधिमा तोकिएको जिम्मेवारीमा रहेर काम गरेको बताउँदै उनले महिनाको अबधिमा एक दिन समेत बिदामा नबसी काम गरेको बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend