२०८३, आश्विन २० गते

images

शनिबार नौ घण्टा विद्युत् अवरुद्ध हुने

शनिबार नौ घण्टा विद्युत् अवरुद्ध हुने

सीएनएन खबर
शनिवार, श्रावण २६ २०८१०८:२२
सीएनएन खबर
शनिवार, श्रावण २६ २०८१०८:२२
  • images

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सिरहास्थित लहान वितरण केन्द्रबाट सप्लाई हुने विभिन्न स्थानमा शनिबार बिहान ८ देखि साँझ ५ बजेसम्म नौ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

    प्राधिकरणको लहान वितरण केन्द्रले शुक्रबार एक सूचना जारी गर्दै लहान सबस्टेसनदेखि महेन्द्र राजमार्गसम्म जदही तथा लहान फिडरको ११ केभी प्रसारित जीर्ण तारलाई ‘अपग्रेड’ गर्न लागिएकाले विद्युत् वितरण प्रभावित हुने जनाएको हो । 

    प्राधिकरणका अनुसार लहान फिडरअन्तर्गतका लहान नगरपालिका, धनगढीमाई नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, नवराजपुर गाउँपालिका, वरियापट्टि गाउँपालिका—१, गोलबजार नगरपालिका—१ लगायत क्षेत्रमा विद्युत् प्रभावित हुनेछ । प्राधिकरणले यी क्षेत्रमा निर्धारित समयभित्र काम सकेर लाइन सञ्चालन गर्ने प्रयास रहने जानकारी  गराएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend