२०८३, आश्विन २० गते

images
  • समाचार
  • तनहुँमा बस दुर्घटना हुँदा १३ जना...

तनहुँमा बस दुर्घटना हुँदा १३ जना घाइते

तनहुँमा बस दुर्घटना हुँदा १३ जना घाइते

सीएनएन खबर
शनिवार, श्रावण २६ २०८१०७:००
सीएनएन खबर
शनिवार, श्रावण २६ २०८१०७:००
  • images

    काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा आज बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो । 

    सवारी दुर्घटनामा परी घाइते भएकाहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उननुसार करिब एक सय मिटरको दूरीमा दुईवटा बस दुर्घटनामा परेको  हुन् । बिहानदेखि सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएका थिए ।

    लमजुङबाट नारायणगढतर्फ जाँदै गरेको ग१ज ८२९४ नम्बरको विद्युतीय माइक्रोबस र दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा४ख ४४७० नम्बरको मिनीबस अनियन्त्रित भई सडकमा पल्टिएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend