२०८३, आश्विन २० गते

images
  • समाचार
  • दलित समुदायको समानुपातिक प्रतिनिधित्वको माग गर्दै...

दलित समुदायको समानुपातिक प्रतिनिधित्वको माग गर्दै माइतीघरमा प्रदर्शन

दलित समुदायको समानुपातिक प्रतिनिधित्वको माग गर्दै माइतीघरमा प्रदर्शन

शनिवार, श्रावण २६ २०८१०७:४८
शनिवार, श्रावण २६ २०८१०७:४८
  • images


    काठमाडौं ।  सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। 

    दलितका लागि दलित अभियान, नेपालले माइतीघर मण्डलामा आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले राज्यका हरेक निकायमा प्रतिनिधित्वको माग गर्दै प्रदर्शन गरेका थिए। 
    प्रदर्शनमा सहभागीले फलामे साङ्लोमा बाँधिएर दलितलाई मन्त्री खै? दलितलाई कानुन खै? दलितलाई नियुक्ति खै? जस्ता प्रश्न लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए। 

    अभियानका संयोजक खगेन्द्र सुनारले राज्यका हरेक संरचनामा दलित समुदायको सम्मानजनक सहभागिता हुनुपर्ने मागसहित प्रदर्शन गरिएको बताए। प्रदर्शनमा ऐक्यबद्धता जनाउन डा. गोविन्द केसी, अधिकारकर्मी कमला हेम्चुरीलगायत नागरिक समाजका प्रतिनिधिहरू माइतिघर मण्डला पुगेका थिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend