२०८३, आश्विन २० गते

images
  • समाचार
  • मनमोहन कार्डियो सेन्टरको छैटौं तलाबाट हाम...

मनमोहन कार्डियो सेन्टरको छैटौं तलाबाट हाम फालेका युवकको मृत्यु

मनमोहन कार्डियो सेन्टरको छैटौं तलाबाट हाम फालेका युवकको मृत्यु

शनिवार, श्रावण २६ २०८१०८:०७
शनिवार, श्रावण २६ २०८१०८:०७
  • images

    काठमाडौं । त्रिवि शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हामफालेका एक युवककाे मृत्यु भएकाे छ।

    गोकर्णेश्वर नगरपालिका-४ का २१ वर्षीय स्वरुपराज आचार्यले शनिबार दिउँसो करिब ३ बजेतिर नयाँ भवनको छैटौं तलामा रहेको एस क्याफेको रेलिङबाट हामफालेका थिए।

    काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार हामफालेपछि गम्भिर घाइते भएका उनको तत्कालै मनमोहन कार्डियो सेन्टरको इमर्जेन्सीमा उपचार गराइए पनि चिकित्सकले शनिबार दिउँसो चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend