काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नयाँ सरकारलाई हनिमुन पिरियड कटाउनै समस्या देखिएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजक एक कार्यक्रममा बोल्दै उपमहासचिव पुनले यस्तो दाबी गरेका छन् ।
‘कांग्रेस–एमालेकै नेताहरूले हामीलाई सरकारले हनिमुन पिरियड कटाउँछ कि कटाउँदैन भन्न थालेका छन्,’ उनले भने,‘संसदमा र बाहिर पनि एमाले–कांग्रेस दुवै हामीसँग नरम व्यवहार गरिरहेका छन् । माओवादी केन्द्रसँग भएको ३२ सिटको अङ्कगणितका कारण कुनै पनि बेला माओवादी चाहिन्छ भन्ने लागेकाले कांग्रेस–एमाले नरम व्यवहार गरिरहेको दाबी गरे।
यस्तै माओवादी केन्द्रलाई सरकारमा जान कुनै हतारो नभएको पनि उपमहासचिव पुनले बताए । उनले भने, ‘सरकारका लागि हामीलाई कुनै हतारो छैन । कुनै अप्ठेरो पनि छैन । चाह्यौँ भने हामी छिट्टै सरकारमा जान सक्छौँ ।’

