काठमाडौँ । काठमाडौँको बनस्थलीस्थि ढ्वाङ खोलामा खसेको एउटा स्कुटर प्रहरीले निकालेको छ। काठमाडौँ महानगरपालिका- १६ बनस्थली ढुङ्गेधारास्थित ओम साइबाबा अस्पताल नजिकबाट ढ्वाङ खोलामा खसेको स्कुटर निकालिएको नेपाल प्रहरीले जनाएको छ।
यही असार ६ गते काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका- ६ को मूलपानी बाबाचोकनजिकैको एक खाडलमा पनि एक बालक डुबेका थिए।
अन्दाजी ५ वर्षिय ती बालकको तत्कालै उद्धार गरिएको थियो। बर्खाको बेला सडकमा जथाभावी खाडल बनाउँदा पानी परेको बेला राजधानीकै यात्रा पनि जोखिमपूर्ण बन्न थालेको छ।

