२०८३, आश्विन २० गते

images
  • समाचार
  • छिन्नमस्ता मन्दिर व्यवस्थापन समिति विरुद्ध स्थानीय...

छिन्नमस्ता मन्दिर व्यवस्थापन समिति विरुद्ध स्थानीय धर्नामा

छिन्नमस्ता मन्दिर व्यवस्थापन समिति विरुद्ध स्थानीय धर्नामा

सीएनएन खबर
आइतवार, श्रावण २७ २०८११०:५७
सीएनएन खबर
आइतवार, श्रावण २७ २०८११०:५७
  • images

    काठमाडौँ । सप्तरी जिल्लामा रहेको  छिन्नमस्ता मन्दिरमा स्थानीयहरु धर्नामा बसेका छन् । विगत लामो समयदेखि अवैध रुपमा रहेको मन्दिर व्यवस्थापन समितिलाई हटाउनुुपर्ने र यसअघि उक्त समितिले गरेका बाचाहरु पुरा नगरेको भन्दै स्थानीयहरु धर्नामा बसेका हुन् ।

    स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिसहित स्थानीयहरु शनिबार मन्दिर परिसरमा धर्नामा बसेका थिए । मन्दिर व्यवस्थापन समितिसँग गरेको छलफल अनुसार मन्दिरको समुचित विकाश, संरक्षण र सम्वद्र्धन गर्नका लागि पारदर्शी बनाएर लोकतन्त्र मैत्री विधान निर्माण गर्नुपर्ने स्थानीयको माथ थियो । 

    लामो समयदेखि अवैधानिक मन्दिर व्यवस्थापन समितिलाई विघटन गरी तत्काल विधान समिति बनाई मन्दिर सञ्चालन गर्न स्थानीयले साउन २५ गतेसम्मको समय दिएका थिए । तोकिएको समयभित्र उक्त समितिले केही काम नगरेपछि स्थानीयहरु आन्दोलित बनेका हुन् । 

    मन्दिरमा लोकत्रान्त्रिक विधान हुनुपर्ने, आयव्यय पूर्ण पारदर्शी हुनुपर्ने, मन्दिरमा आउने भक्तजनमाथि थुपारिएको कर हटाउनुपर्ने माग राख्दै आफूहरु आन्दोलीत भएको स्थानीय मालिक यादव बताउँछन् । उनले मन्दिर व्यवस्थापन समितिले पछिल्लो समय विभिन्न बहानमा धेरै कर असुल्लने गरेको पाइएको बताए ।

    भक्तजनलाई अनावश्यक दुख दिएको र कर बढाएपछि धार्मिक पर्यटकमैत्री वातावरण नभएको भन्दै अवैधानिक व्यवस्थापन समितिलाई तत्काल विघटन गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताए । 

    उनका अनुसार डेढ महिनाअघि स्थानीयहरुले मन्दिर व्यवस्थापन समितिसँग छलफल गर्दा सुधारका लागि साउन २५ गतेसम्मको समय माग गरेको थियो । समितिले नै माग गरेअनुसार दिईएको समयमा कुनै पनि काम नभएपछि आन्दोलन स्वरुप धर्नामा बस्नबाध्य भएको यादव बताउँछन् । 

    मन्दिरमा भएको अनियमिततका सम्बन्धमा छिन्नमस्ता गाउँपालिकामा उजुरी परेको थियो । पालिकाको न्यायिक समितिले अनियमितताका विषयमा मन्दिर व्यवस्थापन समितिसँग लिखित जवाफ माग गरेको थियो । तर, मन्दिर व्यवस्थापन समितिले हालसम्म न्यायिक समितिमा कुनै जवाफ पठाएको छैन् । 

    chhinamasta.jpg
    स्थानीय धर्नामा

    स्थानीय एक युवाले मन्दिर व्यवस्थापन समितिमा एकै व्यक्ति विभिन्न बहानमा २५ वर्षभन्दा बढी समयदेखि बस्दै आएको भन्दै आपत्ति जनाए । उनले व्यक्ति लामो समयदेखि के कारणा व्यवस्थापन समितिमा बस्दै आएको छ, त्यसको कारण खोज्नुपर्ने समय आएको समेत बताए । 

    स्थानीय चन्द्रनारायण पण्डितले आफूहरुको माग पूरा नभए मन्दिरमा आमरण अनशन बस्ने बताए । उनले मन्दिर व्यवस्थापनमा एकै व्यक्ति हावि हुँदा भक्तजनसँगै स्थानीयले शास्ती खेप्नुपरेको बताए । 

    मन्दिर व्यवस्थापन समितिलाई बर्खास्तीको माग गर्दै स्थानीयहरु मन्दिर परिसरमा धर्नामा बसेपछि पालिकाका अध्यक्ष विद्यानन्द चौधरीले उक्त घटनालाई आफूले नजिकबाट नियालीरहेको बताए । 

    उनले अब बस्ने कार्यपालिकाको बैठकमा छिन्नमस्ता मन्दिरका समष्टि विकाश, प्रवद्र्धन तथा संरक्षणका लागि केही निर्णय गर्ने बताए । 

    राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठूलोपोखरीको उत्तरी डिलमा रहेको छिन्नमस्ता प्रमुख ५१ शक्तिपीठमध्ये एक हो । अन्य बेलामा समेत भीड लाग्ने यस मन्दिरमा बडा दशैंको समयमा ठूलो उत्सव नै हुने गरेको पूजारी महानन्द ठाकुरले वताए । उनका अनुसार यस मन्दिरमा भाकल पूरा भएपछि लड्डु र बोका चढाउने परम्परा छ ।

    प्यागोडा शैलीमा निर्मित यो यस मन्दिरमा आसीन भगवतीलाई छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी र सखडा माता भनेर पूजा–अर्चना तथा भाकल गरिन्छ । सखडेश्वरीको मस्तक अर्थात् शीर नभएका कारण भक्तजनले यी भगवतीलाई छिन्नमस्ता तथा छिन्नमस्तिका भगवती भनेर सम्बोधन गर्ने गरिएको स्थानीयहरु बताउँछन् ।  

    हाल मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा अविनाश प्याकुरेल छन् । २०७७ सालको माघमा उनको अध्यक्षमा छिन्नमस्ता मन्दिर व्यवस्थापन समिति गठन भएको थियो । प्रत्येक वर्ष साधारण सभा र ३÷३ वर्षमा चुवानी सभा गर्नुपर्ने विधानमा उल्लेख भएतापनि उक्त समितिले साधारण सभा समेत आह्वान गर्न सकेको छैन् । 

    अध्यक्ष प्याकुरेल विगत लामो समयदेखि काठमाडौंमा बसोबास गर्दै आएका छन् भने कार्यवहाक अध्यक्षकोजिम्मा पाएका उपाध्यक्ष तथा पीठाधिश महाकान्त ठाकुरले एक लौटी रुपमा काम गर्न थालेपछि स्थानीयहरु रुष्ट बनेका हुन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend