२०८३, आश्विन २० गते

images

अमेरिकी विज्ञप्तिको दुई सातापछि एमसीसीबारे बोल्यो एमसीए नेपाल

अमेरिकी विज्ञप्तिको दुई सातापछि एमसीसीबारे बोल्यो एमसीए नेपाल

सीएनएन खबर
बुधवार, आषाढ १८ २०८२०५:१४
सीएनएन खबर
बुधवार, आषाढ १८ २०८२०५:१४
  • images

    काठमाडौँ । अमेरिकी सरकारको अनुदानमा सञ्चालन हुने मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) लाई निरन्तरता दिने अमेरिकी दूतावासको विज्ञप्तिको दुई सातापछि मिलिनियम च्यालेञ्ज एकाउन्ट (एमसीए) नेपालले आधिकारिक रूपमा मुख खोलेको छ ।

    बुधबार एमसीएले अमेरिकी वैदेशिक सहायतामा लगाइएको रोकमा पूर्व स्वीकृत विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयन जारी राख्न अनुमति दिने अमेरिकी सरकारको निर्णयलाई स्वागत गरेको हो । 

    एमसीए नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग निकटमा रहेर कम्प्याक्ट अन्तर्गतका गतिविधिहरू कार्यान्वयन गर्न काम गरिरहेको छ । यस अन्तर्गत २९७ किलोमिटर प्रसारण लाइन निर्माण कार्य र सडक मर्मत कार्यहरू लगायत अन्य बाँकी रहेका खरिद प्रक्रियाहरू सम्पन्न गर्ने कार्यहरू समावेश छन् । 

    यसका साथै एमसीए–नेपालले वैदेशिक सहायता समीक्षा हुनुअघि नै निर्माणको चरणमा रहेका तीन वटा सबस्टेसन र १८ किलोमिटर लामो अन्तरदेशीय प्रसारण लाइनको कामलाई पनि निरन्तरता दिइरहेको जनाएको छ । नेपालको ऊर्जा र यातायात क्षेत्रलाई सुदृढ पार्न यी उच्च–प्रभावकारी पूर्वाधार परियोजना सम्पन्न गर्न प्रतिबद्ध रहेको र यस कम्प्याक्टमा एमसीसीको निरन्तर साझेदारीको प्रशंसा गर्ने एमसीएले उल्लेख गरेको छ । 

    यसअघि असार ४ गते अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै एमसीसी परियोजनालाई निरन्तरता दिने जनाएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend