२०८३, आश्विन २० गते

images
  • राजनीति
  • काठमाडौं आइपुगे भारतीय विदेश सचिव, यस्तो...

काठमाडौं आइपुगे भारतीय विदेश सचिव, यस्तो छ भ्रमण तालिका

काठमाडौं आइपुगे भारतीय विदेश सचिव, यस्तो छ भ्रमण तालिका

आइतवार, श्रावण २७ २०८११२:४६
आइतवार, श्रावण २७ २०८११२:४६
  • images

    काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री नेपाल आइपुगेका छन् छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा नेपाल आएका मिस्री लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले स्वागत गरेकी थिइन् ।

    भ्रमणका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यो भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको बताइएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिस्री सोमबार स्वदेश फर्कनेछन् ।

    नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयद्वारा हिजो बेलुका जारी गरेको प्रेस नोटअनुसार विदेश सचिव मिस्रीको भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय भेटघाटको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने बताइएको छ ।


    भारत सरकारको सहयोगमा नेपालमा ठुला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरू सम्पन्न हुनुका साथै नयाँ परियोजनाहरू अघि बढिरहेको भन्दै भारतीय विदेश मन्त्रालयले यसबाट पछिल्ला वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको पनि दाबी गरेको छ । ‘हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुनेछ,’ मन्त्रालयद्वारा जारी जानकारीमा भनिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend