२०८३, आश्विन १९ गते

images
  • विश्व
  • ट्रम्पको ‘बिग ब्यूटीफुल बिल’ अमेरिकी कंग्रेसबाट...

ट्रम्पको ‘बिग ब्यूटीफुल बिल’ अमेरिकी कंग्रेसबाट पनि पारित

ट्रम्पको ‘बिग ब्यूटीफुल बिल’ अमेरिकी कंग्रेसबाट पनि पारित

सीएनएन खबर
शुक्रवार, आषाढ २० २०८२११:२३
सीएनएन खबर
शुक्रवार, आषाढ २० २०८२११:२३
  • images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्चसम्बन्धी ‘वन बिग ब्यूटीफुल बिल’ अमेरिकी कंग्रेसबाट पारित भएको छ। अमेरिकी राष्ट्रिय राजनीतिमा यसलाई ट्रम्पको ठूलो जितका रूपमा हेरिएको छ।

    हाउस अफ रिप्रेजेन्टेटिभ्स (तल्लो सदन)ले बिहीबार दिउँसो २१८ विरुद्ध २१४ मतले यो विधेयक पारित गरेको हो । त्यसअघि मंगलबार सेनेट (माथिल्लो सदन) मा यसले अनुमोदन पाइसकेको थियो। राष्ट्रपति ट्रम्पले आफ्नो रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको कंग्रेसलाई ४ जुलाईसम्म हस्ताक्षर गरेर यो विधेयकलाई कानुन बनाउने समयसीमा दिएका थिए।

    कंग्रेसको बजेट कार्यालयले यो विधेयकका कारण आगामी १० वर्षमा संघीय घाटा ३.३ ट्रिलियन डलरले बढ्न सक्ने अनुमान गरेको छ । त्यस्तै, यसबाट लाखौं मानिसहरू स्वास्थ्य बीमाबाट वञ्चित हुन सक्ने अनुमान गरिएको छ । यद्यपि ह्वाइट हाउसले यस दाबीलाई अस्वीकार गरेको छ।

    विधेयक पारित भएपछि बिहीबार साँझ पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘यो विधेयकले देशलाई तीव्र गतिमा अगाडि बढाउनेछ।’ उनले थपे, ‘यो देशका लागि एक उत्कृष्ट विधेयक हुनेछ।’

    ४ जुलाई (अमेरिकाको स्वतन्त्रता दिवस) का दिन राष्ट्रपति ट्रम्पको हस्ताक्षरसहित यो विधेयकलाई औपचारिक रूपमा कानुन बनाइने आकलन गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend