२०८३, आश्विन २० गते

images
  • समाचार
  • पूर्वमन्त्री र ‘सक्किगोनि’का कलाकार आचार्यसहित ११...

पूर्वमन्त्री र ‘सक्किगोनि’का कलाकार आचार्यसहित ११ जुवाडे पक्राउ

पूर्वमन्त्री र ‘सक्किगोनि’का कलाकार आचार्यसहित ११ जुवाडे पक्राउ

आइतवार, श्रावण २७ २०८१०६:०६
आइतवार, श्रावण २७ २०८१०६:०६
  • images

    काठमाडौं । एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जनालाई जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

    गौरीघाटबाट कोशी प्रदेशका एमालेका पूर्वमन्त्री तथा बुद्धि कुमार राजभण्डारी र हास्यटेलिशृंखला ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्यसहित ११ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

    काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार काभ्रेको बनेपा नगरपालिका–१२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेका थिए । राजुसहित ११ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको थियो । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend