२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रधानमन्त्री, ३ मन्त्री सहित मुख्यसचिव रसुवाको...

प्रधानमन्त्री, ३ मन्त्री सहित मुख्यसचिव रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री, ३ मन्त्री सहित मुख्यसचिव रसुवाको बाढी प्रभावित क्षेत्रमा

मंगलवार, आषाढ २४ २०८२०४:३१
मंगलवार, आषाढ २४ २०८२०४:३१
  • images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न त्यसतर्फ लागेका छन् ।

    प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल छन् ।

    यसैगरी नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरिक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभिागका प्रमुख हुतराज थापा पनि बाढी प्रभावित क्षेत्रमा गएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend