२०८३, आश्विन २० गते

images
  • समाचार
  • चाडपर्वको मुखमै मुख्य नाकामा अवरोधः नाडा...
रसुवा बाढी

चाडपर्वको मुखमै मुख्य नाकामा अवरोधः नाडा र नाइमो अटो शोलाइ धक्का, महँगी बढ्ने

चाडपर्वको मुखमै मुख्य नाकामा अवरोधः नाडा र नाइमो अटो शोलाइ धक्का, महँगी बढ्ने

बुधवार, आषाढ २५ २०८२११:२०
बुधवार, आषाढ २५ २०८२११:२०
  • images

    काठमाडौँ । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीले चीनसँगको सम्र्पक बन्द भएको छ । चीनमा आएको बाढीले भोटेकोशी खोला बढ्दा चीन जोड्ने मितेरी पुलसँगै त्यस आसपासका स्थान पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । 

    बाढीले पक्की पुल बगाउनुका साथै भन्सार र्याडमा भएको कन्टेनर र सुक्खा बन्दरगाहसमेत बगाएको छ । बाढीले चीनबाट आयात भएको ठूलो संख्यामा विद्युतीय सवारी साधन (इभी), ट्रकसमेत बगाएको छ ।

    चीनको मुख्य नाकामै बाढीले अवरोध गर्दा र पुल समेत बगाउँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिन सक्ने आकलन गर्न थालिएको छ । नेपालमा धमाधम सुरु हुने चाडपर्व र त्यसलाई लक्षित गर्दै साउनदेखि सुरु हुने नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) र नाडा अटोमोबाइल्स एसोसिएसनले गर्न लागेको अटो शोलाई प्रत्यक्ष असर पर्ने देखिएको हो ।

    पछिल्लो समय रसुवा नाकाहुँदै ६० प्रतिशतभन्दा बढी विद्युतीय गाडीहरु आयात हुने गरेको छ । नेपाली बजारमा रहेका अधिकांश विद्युतीय ब्राण्डका गाडीहरु नै चीनिया रहेको र सोही नाकाबाटै ल्याउँने हुँदा त्यसको प्रत्यक्ष असर दुई अटो शोलाई हुने देखिएको हो ।  

    रसुवा नाकामार्फत मुख्यतः चीनबाट लत्ताकपडा, विद्युतीय सामान, खेलौना, विद्युतीय सवारी साधनलगायत वस्तुको आयात हुँदै आएको थियो । तर, बाढीले पुल बगाएसँगै सडक भासिने, पहिरो झर्ने प्रकोपका कारण आवात जावत बन्द भएको छ । नेपालतर्फ आउँदै गरेका मालवाहक सवारी साधनहरू सडकमा रोकिएका छन् ।

    चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी भन्सार कार्यालय विगतका १० वर्षअगाडिको अवस्थामा पुगेको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रविन्द्र प्याकुरेल बताउँछन् । ‘बाढीका कारण गाडीहरू र अन्य सामानहरू बगाएको छ । 

    नेपालमा साउनदेखि चाडपर्वका लागि चीनबाट सामान आयात हँुदै आएको छ । तर, बाढीले पुलसँगै सडकमा क्षति बनाउँदा चाडपर्वमा आवश्यक सामग्री बजारमा भित्रिन मुश्किल पर्ने छ । नेपाल ल्याउने तयारी भएका सामान चीनतर्फको गोदाममै थन्किने छन् ।

    रसुवागढी भन्सारबाट मुख्यगरी बिवाइडी, एमजी, जेक्को जे ६ एक्सपेङ, रिडारा, स्काइवेल, कमर्सियलमा किङलङ र हाइगरलगायत विद्युतीय सवारी साधन भित्रिने गरेका छन् । रसुवागढी भन्सार कार्यालयबाट सबैभन्दा धेरै बिवाइडी र माइक्रोभ्यान आयात हुने गरेको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी प्याकुरेल बताउँछन् ।

    सवारी साधन आयातका लागि व्यवसायीहरुले कम्तिमा पनि ३ महिना अर्थात ६ महिनाअघि गाडी अर्डर गर्नुपर्ने हुन्छ । चाडपर्व र आगामी महिना हुने नाइमा मोबिलिटी र नाडा अटो शोका लागि व्यवसायीहरुले गाडी अर्डर गरिसके पनि बाढीले बाटो बन्द हुँदा यसको आयातमा धक्का पुगेको छ ।

    अटोमाबाइल आयातमा ठूलो धक्काः नाडा

    नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले रसुवामा आएको बाढीका कारण केरुङ–रसुवागढी मार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पुर्याएको जनाएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै नाडाले उक्त भयावह परिस्थितिमा संयमित हुन समेत आग्रह गरेको छ ।

    निर्माणाधीन सुख्खा बन्दरगाह र पार्किङमा रहेका कन्टेनरहरू समेत बगाएको प्रारम्भिक जानकारी आएको संघले उल्लेख गरेको छ । नाडाले संकटका यस घडीमा आफ्नो घर, व्यवसाय र जीवन गुमाएका सम्पूर्ण प्रभावितप्रति गहिरो सहानुभूति प्रकट गर्दै अटोमोबाइल व्यवसायसँग सम्बन्धित सबै सदस्यलाई संयमित र सहयोगी रहन आग्रह गरेको छ ।

    संघले अटोमोबाइल क्षेत्रले जस्तै अन्य क्षेत्रमा पनि असर परेको र संकट समाधानका लागि एकआपसमा सहयोगको भावना जरुरी भएको जनाएको छ ।

    नाइमाले भन्योः चाडपर्वको बेला गम्भीर असर देखिन सक्छ

    रसुवामा आएको बाढीले पुल बगाउँदा त्यसको प्रत्यक्ष असर चाडपर्वको बेला देखिनसक्ने नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले जनाएको छ ।

    मंगलबार एक विज्ञप्ती जारी गर्दै नाइमाका अधयक्ष रितु सिंह बैद्यले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट जनधनमा अपूरणीय क्षति पुगेको भन्दै गहिरो दुःख व्यक्त गरेकी हुन् ।

    संघका अनुसार बाढीले भौतिक संरचनामा मात्र नभएर सवारीसाधन आपूर्तिमा समेत गम्भीर असर पारेको विज्ञप्तीमा उल्लेख गरेको छ । ‘नेपालमा भित्रिने सवारीसाधनमध्ये ६० प्रतिशतभन्दा बढी चिनियाँ नाका हुँदै आउँछन्। रसुवागढीस्थित मितेरी पुल पूर्ण रूपमा भत्किनुले आपूर्ति प्रणालीमै ठूलो अवरोध भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

    चिनियाँ भन्सारबाट क्लियर भएका सयौं गाडीहरू नेपाल प्रवेश गर्न नसकेको र चाडपर्व नजिकिँदै गर्दा बजारमा सवारीको अभाव हुने सम्भावना बढेको संघकी अध्यक्ष ऋतु सिंह वैद्यको भनाइ छ ।

    संघले नेपाल सरकार र सम्बन्धित निकायहरूलाई उद्धार, राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ । तत्कालीन आवश्यक्ताका विषयमा संघले समन्वयकारी भूमिका निर्वाह गर्न सधैं तत्पर रहेको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend