काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने तयारी गरेका छन् । शाहले सोमबार प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन भनेका हुन् ।
सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बुधबारलाई विश्वासको मत लिनेगरी मुख्यमन्त्रीबाट पत्र आएको बताए ।

