काठमाडौँ । पछिल्लो समय चीनबाट लुकिछिपी गर्दै नेपालमा भेपको तस्करी बढ्दो क्रममा रहेको छ । नेपाली बजारमा भेप खरिद बिक्रीमा प्रतिबन्द रहेतापनि विभिन्न नाकाहुँदै तस्करहरुले विभिन्न माध्यमबाट भेपको तस्करी गर्दै आएका छन् ।
तस्करहरुले कहिले फल्स बटन बनाएर त कहिले अनेक तरिकाले तस्करी गर्दै आएको भेटिएके छ । सोहीमध्ये कवाडी सामग्रीको बीचमा राखेर भेट तस्करी गरिएको भन्दै राजश्व अनुसन्धान विभागले सवा करोड रुपैयाँ माग दाबी गर्दै मुद्धा दायर गरेको छ ।
विभागले विक्रम लामा र रुपचन्द्र खत्रीले रसुवाको धुन्चेबाट स्क्रेप अर्थात कवाडी सामग्री लोड गरेको ढुवानी साधनमा ४ हजार ३४३ थान भेप तस्करी गरेर ल्याएको भन्दै विभागले मुद्धा दायर गरेको हो । उक्त भेप बरामद गरेको विभागले बजारमूल्य अनुसार १ करोड १७ लाख ५८ हजार २३८ रुपैयाँ र बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।
राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ१) बमोजिम बिगो कायम गरी निजहरुलाई ऐनको दफा २३ (१) बमोजिम विगो जफल गरी विगोको शतप्रतिशत जरिवाना गर्न तथा ऐनको दफा २३ को उपदफा (१) (ख) बमोजिम कैद सजायको मागदाबी गर्दै विभागले बिहीबर पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

