२०८३, आश्विन २० गते

images
  • राजनीति
  • कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भदौ ७...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भदौ ७ गतेसम्मका लागि स्थगित

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भदौ ७ गतेसम्मका लागि स्थगित

सीएनएन खबर
सोमवार, श्रावण २८ २०८१०९:४३
सीएनएन खबर
सोमवार, श्रावण २८ २०८१०९:४३
  • images

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भदौ ७ गतेसम्मका लागि स्थगित भएको छ । साउन २३ गतेदेखि जारी बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी रहेको छ ।

    आजको बैठकमा केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, डा. मिनेन्द्र रिजाल, एनपी साउँद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामजनम चौधरी, डा. गोपाल दहित, मधु आचार्य, उमेशजंग रायमाझी, अर्जुनजंगबहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रंगमती शाही, नानु बास्तोला, माया राई, रूपा विक र अनिलकुमार रुंगटाले बैठकका एजेन्डामाथि केन्द्रित रहेर धारणा राखेका छन् ।

    कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले बैठकमा धारणा राखेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend