२०८३, आश्विन २० गते

images

त्रिभुवन विमानस्थलमा अध्यागमन कर्मचारीका लागि नैतिक आचारसंहिता लागू

त्रिभुवन विमानस्थलमा अध्यागमन कर्मचारीका लागि नैतिक आचारसंहिता लागू

शुक्रवार, आषाढ २७ २०८२०६:०२
शुक्रवार, आषाढ २७ २०८२०६:०२
  • images

    काठमाडौं । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रि.अ.वि.) मा कार्यरत कर्मचारीहरूका लागि नयाँ नैतिक आचारसंहिता लागू गरेको छ। यो आचारसंहिता आजैबाट लागू भएको अध्यागमन कार्यालय, गौचर, काठमाडौँले जनाएको छ। 

    यो आचारसंहिताको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त अनुरूप कर्मचारीहरूलाई राष्ट्रिय कानुन, सामाजिक र सांस्कृतिक मूल्यप्रति जिम्मेवार बनाउनुका साथै सेवा प्रवाहलाई छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ र नतिजामूलक बनाउनु रहेको प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले प्रशासनलाई बताएका छन् । 
    यस आचारसंहिताले कर्मचारीहरूलाई प्रस्थान गर्ने यात्रुहरूलाई कम्तीमा ‘शुभ यात्रा’ र नेपाल प्रवेश गर्ने यात्रुहरूलाई कम्तीमा’नेपालमा स्वागत छ, शुभ दिन’ भन्न निर्देश गरेको छ। साथै, यात्रुहरूसँग थोरै र आवश्यक प्रश्नहरू मात्र सोध्ने, खाडी मुलुकलगायत अन्यत्र श्रम गर्न प्रस्थान गर्ने यात्रुहरूसँग सम्मानयुक्त शब्द प्रयोग गर्ने, रूखो व्यवहार नगर्ने र बोलीमा मिठा सपना ल्याउने जस्ता व्यवहार अपनाउनुपर्ने उल्लेख छ। देशको मुहार झल्कने ठाउँ भएकाले पर्यटकहरूसँग बोली र व्यवहारमा आत्मीयता प्रदान गर्नुपर्ने कुरालाई पनि जोड दिइएको छ।

    नैतिक आचारसंहिता पालना भए नभएको मुल्यांकन गर्न यात्रुहरूले तत्कालै आफ्नो अनुभव व्यक्त गर्न सक्ने व्यवस्था गरिएको छ। हाल कार्यालयका १५ वटा डेस्कमा अन्तिम सर्वेक्षण प्रणाली जडान गरिएको छ, जसमा यात्रुले सेवालाई उत्कृष्ट, सन्तोषजनक वा औसत रूपमा मुल्यांकन गर्न सक्छन्। बाँकी डेस्कहरूमा पनि छिट्टै यो प्रणाली जडान गरिने कार्यालयले जनाएको छ। सम्पूर्ण यात्रुहरूलाई यो सर्वेक्षणमा स्वैच्छिक सहभागिता जनाउन अनुरोध गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend