२०८३, आश्विन २० गते

images
  • स्थानीय
  • धनगढीमाई नगरपालिकाका वडाध्यक्ष आन्दोलित, मेयरलाई दिए...

धनगढीमाई नगरपालिकाका वडाध्यक्ष आन्दोलित, मेयरलाई दिए २४ घण्टे अल्टिमेटम

धनगढीमाई नगरपालिकाका वडाध्यक्ष आन्दोलित, मेयरलाई दिए २४ घण्टे अल्टिमेटम

सीएनएन खबर
मंगलवार, श्रावण २९ २०८१०७:१०
सीएनएन खबर
मंगलवार, श्रावण २९ २०८१०७:१०
  • images

    काठमाडौँ । सिराहाको धनगढीमाई नगरपालिकाको नगरसभा मिति यथाशिघ्र तय गर्न माग गर्दै वडाध्यक्षहरू आन्दोलित भएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै बहुसङ्ख्यक वडाध्यक्षले संयुक्त रूपमा तीन सुत्रीय मागअघि सार्दै आन्दोलनको घोषणा गरेका हुन् ।  

    विज्ञप्तिमा सेवा प्रवाह र दैनिक प्रशासनिक कार्यलाई चुस्तदुरुस्त बनाउन अनुगमन तथा सुपरीवेक्षण कार्य गर्न छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने, नगरपालिकामा देखिएका समस्या समाधान गर्न यथाशिघ्र कार्यपालिका बैठक आह्वान गर्नुपर्ने र नगरसभाको मिति तय गर्नुपर्ने माग राख्दै २४ घण्टे अल्टिमेटम दिएका छन् । 

    नगरपालिकाका १४ वडाध्यक्षमध्ये १० जना यस्तो संयुक्त हस्ताक्षरसहित यस्तो माग गरेका हुन् ।  वडा नं ९ का अध्यक्ष प्रकाश योञ्जनले माग पूरा नभए थप आन्दोलन गर्न बाध्य हुने बताए ।

    ‘हालसम्म नगरसभा नबस्दा चालु आर्थिक वर्षको बजेटसमेत प्रस्तुत भएको छैन । यसले गर्दा नगनगरपालिकाको दैनिक सेवा प्रवाह र प्रशासनिक कार्य प्रभावित भएको छ । त्यसैले आन्दोलन गर्नुपर्ने अवस्था आएको हो’, उनले भने । 

    यहाँ नगर कार्यपालिका सदस्य र नगरप्रमुखबीच विवाद हुँदा पटकटपक नगरसभा स्थगित हुँदै आएको छ । नगरपालिकाको बजेट खर्चसहित हिसाब किताब मागेपछि नगरप्रमुख शिवशङ्कर महतोले नगरसभा गर्न आलटाल गर्दै आएको वडाध्यक्षहरूको आरोप छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend