२०८३, आश्विन २० गते

images
  • अटो
  • एनआईसी एशिया बैंकका ग्राहकलाई ई.स्टपको रेष्टुरेन्ट...

एनआईसी एशिया बैंकका ग्राहकलाई ई.स्टपको रेष्टुरेन्ट र चार्जिङ स्टेसनमा छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई ई.स्टपको रेष्टुरेन्ट र चार्जिङ स्टेसनमा छुट

सीएनएन खबर
सोमवार, आषाढ ३० २०८२०४:५२
सीएनएन खबर
सोमवार, आषाढ ३० २०८२०४:५२
  • images

    काठमाडौं । एनआईसी एशिया बैंक र ई.स्टप नेपाल प्रालिबीच बैंकका ग्राहकहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ ।

    यस सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले ई।स्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न गर्नेछन् ।

    ई.स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरुमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सकिन्छ ।

    ग्राहक महानुभावहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सक्नुहुनेछ ।

    दी गो ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ई.स्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवद्र्धनमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend