२०८३, आश्विन २० गते

images

लेखा समितिका सभापति पोखरेलले संसदभित्रै लगाए मुर्दावादको नारा

लेखा समितिका सभापति पोखरेलले संसदभित्रै लगाए मुर्दावादको नारा

मंगलवार, श्रावण २९ २०८१०५:५९
मंगलवार, श्रावण २९ २०८१०५:५९
  • images

    काठमाडौं । नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले संसदभित्रै मुर्दावादको नारा लगाएका छन्।

    मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सभापति पोखरेलले डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा आफ्नो चरित्र हत्या भएको भन्दै मुर्दावादको नारा लगाएका हुन्।

    सभापति पोखरेलले डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा प्राप्त प्रमाण तथ्यहरु भएको भन्दै प्राप्त प्रमाण तथ्यहरूलाई कसैले असत्य प्रमाणित गरे टुँडिखेलमा झुण्डिन तयार रहेको बताए।


    उनले डेडिकेटेड ट्रंकलाइन बक्यौताको विषयमा अख्तियारमाथि पनि प्रश्न उठेको बताए। उनले अख्तियारलाई २०७६ सालमा सार्वजनिक लेखा समितिले गम्भीर विषयमा अध्ययन र विश्लेषण गरी कारबाही गर्नु भनेर दिएको निर्देशनलाई लामो समयसम्म छलफल नगरेको र कारबाही नगर्दा आज गम्भीर परिस्थितिको सिर्जना भएको बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend