२०८३, आश्विन १९ गते

images

साउन ८ र ९ गते दोर्दीमा निशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुने

साउन ८ र ९ गते दोर्दीमा निशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुने

सीएनएन खबर
बिहिवार, श्रावण १ २०८२०२:५८
सीएनएन खबर
बिहिवार, श्रावण १ २०८२०२:५८
  • images

    काठमाडौँ । लमजुङको दोर्दी गाउँपालिकामा निशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । दुर दराजमा रहेका नागरिकलाई गाउँघरमै सहज रुपमा दन्त सेवा उपलब्ध गराउने उदेश्य सहित साउन ८ र ९ गते निशुल्क दन्त शिविर सञ्चालन गर्न लागिएको हो ।

    दोर्दी गाउँपालिकाको आयोजना तथा ओंम समाज डेण्टल काठमान्डौको प्राविधिक सहयोगमा नौथर सामुदायिक स्वास्थ्य इकाइको प्राङ्गणमा शिविर सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । शिविरमा मुटु फाउण्डेशन नेपाल, मनोज एशोशियसन फ्रान्स र नमस्ते ग्रेनोबल फ्रान्सले सहयोग गरेको छ ।

    शिविरमा दाँतको समान्य चेकजाँच, दाँतमा सिमेन्ट भर्ने, दाँत उखेल्ने, निशुल्क औषधि वितरण गर्ने लगायतको सेवा प्रदान गरिने गाउँपालिका अध्यक्ष युवराज अधिकारीका स्वकिय सचिव प्रेमबहादुर गुरुङले बताए । 

    शिविरमा सेवा लिन आएका विरामीलाई थप उपचार गर्नुपरेमा ओम समाज डेण्टल हस्पिटल काठमान्डौबाट २० प्रतिशत सहुलियतको व्यवस्था गरिएको गुरुङले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend