काठमाडौं । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा जिल्लास्थित १६ वटा विषयगत व्यवसायिक संस्थाका व्यवसायी कर वृद्धिको विरोधमा आन्दोलित भएका छन् । हेटौंडा बजारमा विरोध र्याली निकाल्दै व्यवसायीहरुले कर वृद्धिको निर्णय फिर्ताको मागसहित हेटौंडा उपमहानगरपालिकाको गेटमा धर्ना दिएका हुन् ।
धर्नासहितका आन्दोलनमा निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघलगायतका व्यवसायिक संस्थाले एक्यवद्धता जनाएका छन् । गत आइतबार कर वृद्धि गरेको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको थियो । व्यवसायीहरुले कर वृद्धिको निर्णय फिर्ता लिनुपर्ने एक सुत्रीय माग अघि सारेका छन् ।

