२०८३, आश्विन २० गते

images
  • राजनीति
  • नमुनाका रूपमा द्वन्द्व व्यवस्थापनको काम भएको...

नमुनाका रूपमा द्वन्द्व व्यवस्थापनको काम भएको छ : प्रधानमन्त्री

नमुनाका रूपमा द्वन्द्व व्यवस्थापनको काम भएको छ : प्रधानमन्त्री

बुधवार, श्रावण ३० २०८१०२:१९
बुधवार, श्रावण ३० २०८१०२:१९
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले १० वर्षे द्वन्द्वलाई नेपालले मौलिक हिसाबले शान्ति प्रक्रियाको काम टुंगो लगाउँदै आएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोनध गर्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको काम विश्वका लागि नमुना भएको बताए। उनले 

    प्रक्रियापश्चात् पृथकताको सोच बोकेका अनेक समूहलाई शान्ति, लोकतन्त्रको पक्ष र राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सफल भएको बताए। ‘यो मौलिक छ र हाम्रो आफ्नै प्रयासबाट अघि बढेको छ। शान्ति प्रक्रियाको अन्य तमाम कुरा कहिले तीब्र, कहिले धिमा गतिमा समाधान हुँदै आएको छ, दुनियाँका लागि नमुनाका रूपमा शान्ति प्रक्रिया द्वन्द्व व्यवस्थापनको काम भएको छ,’ उनले भने। 

    साथै उनले टीआरसी विधेयक पीडित मैत्री बनाएर द्वन्द्वको अन्तिम किस्ता व्यवस्थापन व्यवस्थापन हुने बताए। पीडितलाई केन्द्रमा राखेर विधेयक आएकाले प्रतिनिधिसभापछि लगत्तै राष्ट्रियसभाबाट पनि पारित हुने बताए ।

    २०१८ मा संयुक्त राष्ट्रसंघमा बोल्दा आफूलाई शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउन यतिसम्म लाग्छ भन्ने महसुस नभएको भन्दै उनले ‘होम ग्रोन’ भनेर उल्लेख गरेको स्मरण गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend