२०८३, आश्विन १९ गते

images

रसुवा बाढीः ७ बीमा कम्पनीमा २८ करोड ९२ लाख बराबरको बिमा दाबी

रसुवा बाढीः ७ बीमा कम्पनीमा २८ करोड ९२ लाख बराबरको बिमा दाबी

सीएनएन खबर
सोमवार, श्रावण ५ २०८२०६:४१
सीएनएन खबर
सोमवार, श्रावण ५ २०८२०६:४१
  • images

    काठमाडौँ । रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी २८ करोड ९२ लाख ६० हजार बराबर रहेको छ । 

    नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न सात बिमा कम्पनीमा सो बराबरको दाबी परेको हो । शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा  पाँच करोड २० लाख बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा  तीन करोड ४१ लाख ५० हजार बराबरको सात वटा दाबी परेको छ । 

    नेपाल इन्स्योरेन्स कम्पनीमा एक करोड २८ लाख ५० हजार बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा ७७ लाख बराबरको छ वटा, आइजीआई प्रूडेन्सियलमा ७५ लाख ५० हजार बराबरको नौ वटा बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । 

    त्यसैगरी युनाइटेड अजोडमा ६८ लाख बराबरको तीन वटा, एनएलजी इन्स्योरेन्समा ४७ लाख बराबरको छ वटा, सिद्धार्थ प्रिमियरमा ३१ लाख बराबरको सात वटा बिमा दाबी परेको छ । प्राधिकरणका अनुसार कूल ६३ वटा बिमा दाबी परेको छ ।

    रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो । रसुवागढी जलविद्युत् आयोजनालगायतका अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend