२०८३, आश्विन २० गते

images

देउवालाई भेट्न पुगे कांग्रेसका पाँच पूर्वपदाधिकारी

देउवालाई भेट्न पुगे कांग्रेसका पाँच पूर्वपदाधिकारी

मंगलवार, श्रावण ६ २०८२१२:४१
मंगलवार, श्रावण ६ २०८२१२:४१
  • images

    काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक कूटनीतिक संवाद तीव्र बनिरहेको छ। कांग्रेसका पाँचजना वरिष्ठ नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत आज बुढानीलकण्ठ पुगेर सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्।

    यसअघि हिजो मात्रै कांग्रेसका सातजना पूर्वपदाधिकारीहरूको सिंह निवास, चाक्सीबारीमा बैठक बसेको थियो। सो बैठकमा पार्टीभित्रको पछिल्लो राजनीतिक परिस्थिति र सत्ता समीकरणबारे छलफल भएको थियो। त्यसैको निष्कर्ष बुझाउन र पार्टी नेतृत्वलाई निर्णय कार्यान्वयनका लागि दबाब दिन उनीहरू देउवा निवास पुगेका हुन्।

    स्रोतका अनुसार, भेटमा हालै नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयन, मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक अंगमा नियुक्ति तथा आगामी निर्वाचनको तयारीमा कांग्रेसको भूमिकाबारे मुख्य रूपमा कुरा उठाइएको थियो।

    पूर्वपदाधिकारीहरूबीचको समन्वयले कांग्रेसभित्र गहिरिँदै गएको गुटगत अन्तरविरोध समाधान गर्ने प्रयास भइरहेको देखिन्छ। तर सातै जना पूर्वपदाधिकारीमध्ये डा. शशांक कोइराला र विमलेन्द्र निधि भने आजको भेटघाटमा अनुपस्थित रहेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend