२०८३, आश्विन २० गते

images
  • समाचार
  • विवादित सहसचिव नै राजस्व अनुसन्धानको डिजीको...

विवादित सहसचिव नै राजस्व अनुसन्धानको डिजीको दौडमा, बालुवाटार तेस्रो पात्रको खोजीमा

विवादित सहसचिव नै राजस्व अनुसन्धानको डिजीको दौडमा, बालुवाटार तेस्रो पात्रको खोजीमा

बिहिवार, श्रावण ३१ २०८१०७:४७
बिहिवार, श्रावण ३१ २०८१०७:४७
  • images

    काठमाडौँ । राजस्व तथा मालदार निकायमा नेतृत्त्व परिवर्तनको सूचना चुहिए लगत्तै सहसचिवहरुबीच शक्तिकेन्द्र धाउने प्रतिस्पर्धा तिब्र भएको पाइएको छ। सबैभन्दा बलियो तथा शक्तिशाली मानिने राजस्व अनुसन्धान विभागमा सबैभन्दा बढी चलखेल बढेको स्रोतले जनाएको छ। 

    स्रोतकाअनुसार सहसचिवद्वय सुमन दाहाल र मदन दाहालबीच राजस्व अनुसन्धानका महानिर्देशक बन्नलाई मोलतोल सुरु भईसकेको छ। दुवैजना आफुलाई डिजी बनाइदिन बिभिन्न शक्तिकेन्द्रमा आर्थिक ुएजेन्डाु नै बोकेर दौडधुपमा लागेका छन्। 

    शक्तिकेन्द्रलाई चलाउने तस्करहरुले दुवैजनाको नाम प्रस्ताव गरेपनि प्रधानमन्त्री केपी शर्मा ओली भने स्वच्छ छविका पात्रको खोजीमा रहेको बताइन्छ। झापाको नाता लगाएर दुई मध्ये एकलाई राजस्व अनुसन्धान र अर्कोलाई आन्तरिक राजस्व विभागमा लैजानुपर्ने प्रस्ताव लगीएपनि दुवै जनाको विगत राम्रो नभएको संदेश पुगेपछि  प्रधानमन्त्री ओली विवादमा नतानिएका व्यक्तिको खोजीमा रहेको स्रोतको दाबि छ। 

    प्रधानमन्त्री समक्ष हाल सङघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालयमा सहसचिव रहेका सुमन दाहाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका मदन दाहालबारे विवादित सूचना पुगेको बताइन्छ। 

    मदन दाहालमाथि  राजस्वमा १३ वर्ष अधिकृत र १२ वर्ष उपसचिव भएर काम गर्दा तथा राजस्व अनुसन्धान विभागमा तीन महिनालाई महानिर्देशक हुँदा तस्करहरुसंग मिलेर अकुत सम्पती कमाएको आरोप लगाइएको छ। यता भन्सार बिभागका डिजी भैसकेका सहसचिव सुमन दाहालसंग भन्सार विभाग, बिरगंज भन्सार प्रमुख, अर्थमन्त्रालयका विभिन्न आकर्षक बिभागमा बसेर काम गरिसकेको अनुभव छ। 

    दुवैजनामाथि बिभिन्न शक्तिकेन्द्रलाई मनाएर मालदार मन्त्रालय ताक्ने गरेको उनीहरुकै समकक्षीको आरोप छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend