२०८३, आश्विन २० गते

images

एनआइसी एशिया बैंकसहित चार वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

एनआइसी एशिया बैंकसहित चार वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

बिहिवार, श्रावण ८ २०८२०३:५९
बिहिवार, श्रावण ८ २०८२०३:५९
  • images

    काठमाडौं ।   राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौंथो त्रैमासमा चार वटा वित्तीय संस्थालाई कारवाही गरेको छ। राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेशनल, एनआइसी एशिया बैंक, पोखरा फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समाथि जरिवाना तथा सचेतावनी जारी गरेको हो । 

    एनआइसी एशिया बैंकलाई सचेतावनी

    राष्ट्र बैंकका अनुसार एनआइसी एशिया बैंकले ऋणीहरूसँग सहमति बिना बढी ब्याज असुल गरेको, कर्जा सम्झौताका कागजातहरूमा पर्याप्त स्पष्टता नराखेको र ब्याजदर परिवर्तन भएमा समयमै जानकारी नगराएको पाइएको छ। यस्ता नियमन उल्लंघनका कारण राष्ट्र बैंकले बैंकलाई सचेत गराएको हो।

    अन्य संस्थामाथि यस्ता छन् कारबाही

    सिटिजन्स बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को करार सम्झौतामा राष्ट्र बैंकको निर्देशन विपरीत सुविधा वृद्धि गरेको, आन्तरिक लेखापरीक्षकको सिफारिसअनुसार कर्जा उपयोगको विस्तृत अध्ययन नगरेको, ब्याजदर गणनामा गल्ती गरेको तथा नयाँ कर्जा प्रवाह गरेर पुरानो कर्जा चुक्ता गर्ने जस्ता कार्य गरेको भन्दै सचेतावनी दिइएको छ।

    पोखरा फाइनान्सले माघ २७ देखि चैत २३ सम्मको अवधिमा न्यूनतम अनिवार्य मौज्दात रकम कायम नगरेको पाइएपछि ३२ लाख ७७ हजार रुपैयाँ जरिवाना गरिएको छ।

    गुहेश्वरी मर्चेन्ट बैंकिङले राष्ट्र बैंकको स्वीकृति बिना कर्मचारी उपदान सम्बन्धी विनियमावली संशोधन गरी लागू गरेको र संचालक समितिमा रिक्त पद नियुक्तिका लागि आवश्यक प्रक्रिया नअपनाएको भन्दै संस्थाका सीईओ र सञ्चालकहरूलाई चेतावनी दिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend