२०८३, आश्विन १९ गते

images

दोर्दीमा निशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन

दोर्दीमा निशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन

बिहिवार, श्रावण ८ २०८२०४:५८
बिहिवार, श्रावण ८ २०८२०४:५८
  • images

    काठमाडौँ । लमजुङको दोर्दी गाउँपालिकामा निशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बिहीबार र शुक्रबार सञ्चालन हुने उक्त शिविरको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले उद्घाटन गरे ।

    दोर्दी ४ को नौथार सामुदायिक स्वास्थ्य इकाइमा सञ्चालन गरिएको दन्त शिविर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले दुर दराजमा रहेका नागरिकलाई सहज रुपमा दन्त स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको बताए । गतवर्ष आँखाका विरामीलाई लक्षित गरि शिविर सञ्चालन गरिएको यसवर्ष दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताए । 

    दोर्दी गाउँपालिकाको आयोजना तथा ओंम समाज डेण्टल काठमान्डौको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा मुटु फाउण्डेशन नेपाल, मनोज एशोशियसन फ्रान्स र नमस्ते ग्रेनोबल फ्रान्सले सहयोग गरेको छ । शिविरमा ओंम समाज डेण्टल होम काठमान्डौका दन्त विशेषज्ञ डा. हरिशंकर यादब, डा. गौरी श्रेष्ठ, डा. सुदेसा अधिकारी लगायतको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको छ ।

    शिविर उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिच्छबहादुर घले, मुटु फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङ, दोर्दी स्वास्थ्य शाखा प्रमुख आइतमान गुरुङ लगायतको उपस्थिती रहेको थियो । मुटु फाउण्डेशन नेपालका अध्यक्ष धनबहादुर गुरुङले लमजुङका नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्दै आएको बताए । उनले लमजुङका स्थानिय तहहरुको समन्वयमा दन्त स्वास्थ्य शिविर, आँखा शिविर, स्त्री रोग सम्वन्धि शिविर सञ्चालन गर्दै आएको बताए ।

    शिविरमा दाँतको समान्य चेकजाँच, दाँतमा सिमेन्ट भर्ने, दाँत उखेल्ने, निशुल्क औषधि वितरण गर्ने लगायतको सेवा प्रदान गरिएकोे गाउँपालिका अध्यक्ष युवराज अधिकारीका स्वकिय सचिव प्रेमबहादुर गुरुङले बताए । शिविरमा सेवा लिन आएका विरामीलाई थप उपचार गर्नुपरेमा ओम समाज डेण्टल हस्पिटल काठमान्डौबाट २० प्रतिशत सहुलियतको व्यवस्था समेत गरिएको ओंम समाज डेण्टल होमले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend