२०८३, आश्विन २० गते

images

झन्–झन् नयाँ रेकर्ड बनाउँदै शेयर बजार

झन्–झन् नयाँ रेकर्ड बनाउँदै शेयर बजार

बिहिवार, श्रावण ३१ २०८१०४:०३
बिहिवार, श्रावण ३१ २०८१०४:०३
  • images

    काठमाडौं । शेयरबजारमा लगातार उछाल आउँदा बिहीबार बजार मापक परिसूचक नेप्से ३ हजारको बिन्दुमा पुगेको छ । बिहीबार साताको अन्तिम कारोबार दिन ४३.५१ अंकले बढ्दा नेप्से ३०००.८१ अंकमा पुगेर बन्द भएको छ । 

    नेप्से बढेको दिन बिहीबार कारोबार पनि उल्लेख्य भएको छ । बिहीबार अलटाइम रेकर्ड ब्रेकिङ कारोबार हुँदा २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । सोमबारको कारोबार रकमको रेकर्ड बिहीबार तोडिएको हो । सोमबार २७ अर्ब २४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो । बिहीबार ३३४ कम्पनीका ६ करोड ८९ लाख ८० हजार कित्ता शेयर किनबेच भएको छ । 

    १३ उपसमूहमध्ये बिहीबार बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक ५.६५ प्रतिशतले बढेको छ । सो उपसमूहका सबै बैंकहरूको शेयरमूल्य उच्च दरमा बढेको छ । 

    म्युचुअल फन्ड र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ भने विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.०५ प्रतिशतले घटेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend