२०८३, आश्विन २० गते

images

रासायनिक मल लिन सहकारी र वडा कार्यालयमा रातिदेखि लाइन बस्छन् पाल्हीनन्दनका स्थानीय

रासायनिक मल लिन सहकारी र वडा कार्यालयमा रातिदेखि लाइन बस्छन् पाल्हीनन्दनका स्थानीय

शुक्रवार, श्रावण ९ २०८२०१:३३
शुक्रवार, श्रावण ९ २०८२०१:३३
  • images

    काठमाडौँ । बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका किसान मल लिनका लागि रातिदेखि नै लाइन बसेका छन् । रासायनिक मल लिनका लागि रातिदेखि नै किसानहरू सहकारी र वडा कार्यालय अगडि लाइनमा बसेका हुन् ।

    पाल्हीनदन गाउँपालिका-४ का रामानन्दन हरिजनले भने,“रोपाइँ सकिएको दुई महिना भयो, मलको अभाव भएर अहिलेसम्म पाएका छैनौँ । सरकारले उपलब्ध गराउने मल पाउने आशामा रातिदेखि लाइनमा बसेका छौँ ।” खेतमा रासायनिक मल प्रयोग नगरेमा धान उत्पादन घट्नेमा उनले चिन्ता व्यक्त गरे ।

    हरिजनले भने, “मल लिनका लागि ४ नं वडा कार्यालयको अगाडि रातिदेखि लाइनमा बसेपछि प्रतिकिसान २५ किलो युरिया मल पाएका हौँ । मलको अभाव देखेर खेती गरौँ की नगरौँ भन्ने दोधारमा छौँ ।”

    पाल्हीनन्दनको हरपुरमा बिहीबार ३ बजे रातिदेखि युरिया मल लिन सहकारीको अगाडि किसान लाइनमा बसेका रवीन्द्र हरिजनले बताए। लामो समयदेखि वर्षा नहुँदा अत्यधिक गर्मी बढेसँगै जमिन सुकेर खडेरी लागेको बताउँदै उनले धान सुक्न थालेको उल्लेख गरे ।

    मलको अभाव रहेकाले सबै किसानलाई वितरण गर्ने उद्देश्यले लाइनमा व्यवस्थित गराएर प्रतिकिसान २५ किलोका दरले युरिया वितरण गरिएको पाल्हीनन्दन-४ का वडाध्यक्ष रवीन्द्र सहानीले जानकारी दिए ।

    आवश्यकता अनुसार मल नपाएको किसानले गुनासो गरिरहेकाले वितरणको पहल थालिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए । मलको कोटा बढाउन आवश्यक रहेको बताउँदै उहाँले यसका लागि सरोकार भएका निकायसँग समन्वय गरी अगाडि बढ्ने उल्लेख गरे । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend