२०८३, आश्विन २० गते

images
  • समाचार
  • गठ्ठाघर दुर्घटना : गम्भीरतापूर्वक छानबिन गर्न...

गठ्ठाघर दुर्घटना : गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रीको निर्देशन

गठ्ठाघर दुर्घटना : गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रीको निर्देशन

सीएनएन खबर
शुक्रवार, श्रावण ३२ २०८१०८:३९
सीएनएन खबर
शुक्रवार, श्रावण ३२ २०८१०८:३९
  • images

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी)लाई निर्देशन दिएका छन्। 

    गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटना कारण खोज्न आइजीपी बसन्त कुँवरलाई निर्देशन दिएका हुन्। 

    गठ्ठाघरमा भएको दुर्घटनाबारे दु:ख व्यक्त गर्दै उनले भने, ‘गठ्ठाघरको दुर्घटनामा के भएको हो? दुर्घटना हुनुमा कसैको गल्ती छ कि?  यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि? यसको गम्भीरतापूर्वक छानबिन गर्नुस्,’

    बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । 

    ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो।

     

    मृतकको सनाखत भइसकेको छैन। जिल्ला प्रहरी कार्यालय भक्तपुरले आफन्त भनिएका व्यक्तिहरू सम्पर्कमा आएको र उनीहरु बिहान ९ बजेसम्म प्रहरी कार्यालय आइपुग्ने जनाएको छ।

    ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend