२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • दोर्दीमा सञ्चालित दन्त शिविरमा ४ सय...

दोर्दीमा सञ्चालित दन्त शिविरमा ४ सय ३२ जनाले सेवा लिए

दोर्दीमा सञ्चालित दन्त शिविरमा ४ सय ३२ जनाले सेवा लिए

आइतवार, श्रावण ११ २०८२०२:३२
आइतवार, श्रावण ११ २०८२०२:३२
  • images

    काठमाडौँ । लमजुङको दोर्दी गाउँपालिकामा सञ्चालन गरिएको दन्त स्वास्थ्य शिविरमा ४ सय ३२ जना नागरिकले सेवा लिएका छन् । विहिबार र शुक्रबार नौथर सामुदायिक स्वास्थ्य इकाइमा सञ्चालन गरिएको शिविरमा यतिका नागरिकलाई सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

    शिविरमा १ सय ९ जनाले दाँत सफा गरेका छन् । ७० जनाको दाँतमा सिमेन्ट भरिएको छ । २ सय १० जनाको दाँत निकालीएको गाउँपालिकाले जनाएको छ । दोर्दीका नागरिकले गाउँघरमै सहज रुपमा दन्त सेवा लिन पाएकोमा खुशी व्यक्त गर्दै गाउँपालिकालाई धन्यवाद ज्ञापन गरेका छन् ।  

    गाउँपालिका अध्यक्ष युवराज अधिकारीले दुर दराजमा रहेका नागरिकलाई सहज रुपमा दन्त स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको बताए । गतवर्ष आँखाका विरामीलाई लक्षित गरि शिविर सञ्चालन गरिएको यसवर्ष दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको उनको भनाई छ ।  

    दोर्दी गाउँपालिकाको आयोजना तथा ओंम समाज डेण्टल काठमान्डौको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा मुटु फाउण्डेशन नेपाल, मनोज एशोशियसन फ्रान्स र नमस्ते ग्रेनोबल फ्रान्सले सहयोग गरेको थियो । शिविरमा ओंम समाज डेण्टल होम काठमान्डौका दन्त विशेषज्ञ डा. हरिशंकर यादब, डा. गौरी श्रेष्ठ, डा. सुदेसा अधिकारी, मुटु फाउण्डेशन नेपालका अध्यक्ष धनबहादुर गुरुङले लमजुङका नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्दै आएको बताए । 

    उनले लमजुङका स्थानिय तहहरुको समन्वयमा दन्त स्वास्थ्य शिविर, आँखा शिविर, स्त्री रोग सम्वन्धि शिविर सञ्चालन गर्दै आएको बताए । शिविरमा दाँतको समान्य चेकजाँच, दाँतमा सिमेन्ट भर्ने, दाँत उखेल्ने, निशुल्क औषधि वितरण गर्ने लगायतको सेवा प्रदान गरिएकोे गाउँपालिका अध्यक्ष युवराज अधिकारीका स्वकिय सचिव प्रेमबहादुर गुरुङले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend