२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • एकैपटक ६० सहसचिवको सरुवा, कहाँ कसले...

एकैपटक ६० सहसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

एकैपटक ६० सहसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

सीएनएन खबर
शुक्रवार, श्रावण ३२ २०८१०१:०५
सीएनएन खबर
शुक्रवार, श्रावण ३२ २०८१०१:०५
  • images

    काठमाडौँ । सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा तथा पदस्थापनाको निर्णय गरेको हो । 

    मन्त्रिपरिषद बैठकले ८ जना सहसचिवहरूलाई अर्थमन्त्रालयमा सरुवा गरेको छ । यस्तै ५ जना सहसचिवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा  र ४ जनालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको हो ।

    सरकारको निर्णयअनुसार मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ । रुद्रप्रसाद पण्डितलाई गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लगिएको छ ।

    यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाको राष्ट्रिय सुरक्षा परिषदमा सरुवा भएको छ । यस्तै आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई प्रदेश प्रमुखको कार्यालय कर्णाली प्रदेश लगिएको छ । भन्सार विभागका महानिर्देशक ढुण्ढी प्रसाद निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा गरिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएका सहसचिवहरूमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चण्डीप्रसाद  घिमिरे ,संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सहसचिव कृष्णकुमारी श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भुसाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विनोदबहादुर कुँवर, संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाललाई सरुवा गरिएको छ ।

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend