२०८३, आश्विन १९ गते

images
  • अटो
  • नाइमा एक्स्पोः ३५ नयाँ ब्राण्डको सहभागितादेखि...

नाइमा एक्स्पोः ३५ नयाँ ब्राण्डको सहभागितादेखि पठाओमा ३० प्रतिशतसम्म छुट

नाइमा एक्स्पोः ३५ नयाँ ब्राण्डको सहभागितादेखि पठाओमा ३० प्रतिशतसम्म छुट

सोमवार, श्रावण १२ २०८२०५:४१
सोमवार, श्रावण १२ २०८२०५:४१
  • images

    काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ३५ वटा नयाँ ब्राण्डका सवारी साधन रहने भएको छ । 

    सोमबार नाइमाले पत्रकार सम्मेलनको आयोजना गर्दै नाइमा एक्स्पोमा ५० कम्पनीको सहभागिता रहने जनाएको हो । उक्त कम्पनीको सहभागिता रहने एक्स्पोका लागि ३५ नयाँ ब्राण्ड लन्च हुने जनाईएको हो । 

    अटो एक्स्पो समितिका सदस्य गैरव सारडाले एक्स्पोले नेपाली मोबिलिटी उद्योगको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे।

    कार्यक्रममा अटो एक्स्पो समिति प्रमूख शिरीष कुमार मुरारकाले यसपटकको एक्स्पो राजधानीको मुटुमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने जानकारी गराउँदै त्यहाँका भौतिक पूर्वाधारमा गरिएको सुधारबारे प्रकाश पारे। विशेषगरी जल निकासी व्यवस्थापन र अपाङ्गमैत्री पूर्वाधारको व्यवस्था उल्लेखनीय रहेको उनले बताए ।

    मुरारकाका अनुसार प्रदर्शनीमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक गरिनेछन् । विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरूसम्मको समावेश रहने उनले जानकारी दिए । यस वर्ष १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे र ५ वटा व्यवसायिक सवारी साधनहरू पहिलोपटक सार्वजनिक गरिने तयारी गरिएको छ ।

    मुख्य प्रायोजक एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्स्पोसँगको सहकार्यप्रति गर्व व्यक्त गरे । उनीहरुले प्रविधिमैत्री तथा दिगो यातायात प्रणालीको विकासका लागि सँगै काम गर्ने प्रतिबद्धता पनि जनाए ।

    एक्स्पोमा विभिन्न कम्पनी तथा संस्थाहरूले भाग लिएका छन्। टिकेटिङ पार्टनर खल्ती बाई आईएमई, वेभरेज पार्टनर माउण्टेन ड्यू, ब्रुइङ्ग पार्टनर हिमालयन जाभा, राइड पार्टनर पठाओ, सर्वेलेन्स पार्टनर एचआईके भिजन, कनेक्टिभिटी पार्टनर वल्र्ड लिङ्क, हस्पिटालिटी पार्टनर सोल्टी होटल, मेडिकल पार्टनर फ्रन्टलाइन हस्पिटल, टेलिकम पार्टनर एनसेल, र म्यानेजमेन्ट पार्टनर मिडिया स्पेस सोलुसन रहेका छन् ।

    प्रर्दशनी अवधिभर आगन्तुकलाई सहज र सुरक्षित बनाउन प्रायोजक कम्पनीहरुले विभिन्न सेवा सुविधाहरू उपलब्ध गराउनेछन् । पठाओले भृकुटीमण्डप गन्तव्य भएका राइडमा ३० प्रतिशत छुटको व्यवस्था गर्नेछ भने फ्रन्टलाइन हस्पिटलले चौबिसै घण्टा एम्बुलेन्स व्यवस्थापनसहित आकस्मिक तथा सामान्य स्वास्थ्य सेवा दिनेछ ।

    नाइमाले एक्स्पो लक्षित विशेष अनलाइन प्रतियोगिता पनि घोषणा गरेको छ । प्रतियोगितामा श्रावण २१ सम्म एक्स्पोसम्बन्धी भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख रुपैयाँ र श्रावण २१ देखि २५ सम्म अपलोड गरिएका उत्कृष्ट १० भिडियोका प्रतिस्पर्धीलाई जनही १०,००० रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

    कार्यक्रमको समापन नाइमाकी अध्यक्ष रितु शिंह वैद्यले नाइमा मोबिलिटी एक्स्पो २०२५ नेपालको इतिहासमै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी हुने दाबी गरिन् । प्रदर्शनीको पाँचौ दिन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञहरूको सहभागितामा प्यानल डिस्कसनको आयोजना गरिने पनि उनले जानकारी दिइन् ।

    प्रर्दशनीको पहिलो दिन (श्रावण २१ गते) अनिल केशरी शाहले ‘मोबिलिटी हिजो, आज र भोलि’ विषयमा दिउँसो २ बजेबाट ५ बजे सम्म ज्ञानवर्धक सत्र सञ्चालन गर्नेछन्। अन्य दिनहरूमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र भारतको इन्स्टिच्युट अफ रोड ट्राफिक एजुकेशन लगायतका संस्थाका विज्ञहरूले सत्र सञ्चालन गर्ने कार्यक्रम छ ।

    ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ श्रावण २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुँदैछ । टिकट खल्ती बाई आईएमई एपमार्फत उपलब्ध छ। यस प्रदर्शनीबाट संकलित टिकट बिक्री रकमको पाँच प्रतिशत शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा मोबिलिटी विषयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति र फेलोशिप प्रदान गरिने नाइमाले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend