२०८३, आश्विन २० गते

images

गठ्ठाघर दुर्घटनास्थलमा यस्तो देखियो (भिडियोसहित)

गठ्ठाघर दुर्घटनास्थलमा यस्तो देखियो (भिडियोसहित)

शुक्रवार, श्रावण ३२ २०८१०७:०४
शुक्रवार, श्रावण ३२ २०८१०७:०४
  • images

    काठमाडौं । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएको छ । गठ्ठाघर पुल नकिजै ट्राफिक प्रहरीको चेकजाँच स्पट पार गरेपछि दुर्घटना भएको देखिएको छ । 
    काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले पछाडीबाट ठक्कर दिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका ६५ वर्षीय उत्तम कोइराला छन् । 

    फुटेजको दृश्य अनुसार ठक्कर दिएपछि चालकलाई ट्रकले लछारेको देखिन्छ । भाडा ट्रकले बायाँतर्फ गुडिरहेको स्कुटरलाई ठक्कर दिएको देखिएको । ट्राफिक प्रहरीको चेकजाँच कटेपछि दुर्घटना भएको फुटेजमा देखिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे  छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend