२०८३, आश्विन २० गते

images
  • समाचार
  • थामेमा बाढी : विद्यालयसहित १४ बढी...

थामेमा बाढी : विद्यालयसहित १४ बढी घर बगायो, ७ वटा जोखिममा

थामेमा बाढी : विद्यालयसहित १४ बढी घर बगायो, ७ वटा जोखिममा

शुक्रवार, श्रावण ३२ २०८१०७:१५
शुक्रवार, श्रावण ३२ २०८१०७:१५
  • images

    काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे भन्ने ठाउँमा आएको बाढीको कारण १४ वटाभन्दा बढी घर बगाएको छ। सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डे (खत्री) ले दिएको जानकारी अनुसार, विद्यालय १, क्लिनिक १, व्यक्तिगत घर ७ र होटल ७ वटा पूर्ण रुपमा क्षति भएको छ। अन्य ७ वटा घरहरू जोखिममा रहेको जानकारी आएको उनले बताइन्।

    उनका अनुसार, नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार थालिसकेको छ भने नेपाल प्रहरी र सशस्त्रको टोली पनि पुग्दैछ। शुक्रबार दिउँसो पौने २ बजे आएको बाढीका कारण २० बढी घर पुरिएको अनुमान गरिएको छ। यद्यपि थप विवरण संकलन हुने क्रम जारी रहेको प्रहरीले बताएको छ।

    बाढीका कारण दूधकोसी नदीमा ठूलो बाढी आएको छ। दूधकोसी नदी सोलुखुम्बु र खोटाङको सिमा भएर बग्ने नदी हो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend