२०८३, आश्विन २० गते

images

गरिब भयौँ भन्ने मानसिकताबाट बाहिरिनुपर्छः प्रधानमन्त्री

गरिब भयौँ भन्ने मानसिकताबाट बाहिरिनुपर्छः प्रधानमन्त्री

बुधवार, श्रावण १४ २०८२०४:४०
बुधवार, श्रावण १४ २०८२०४:४०
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक समृद्धिको मुख्य आधार आयातमा नभई निर्यातमुखी उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन्। उनले निर्यातयोग्य वस्तुको उत्पादन वृद्धिलाई नेपालको विकास र समृद्धिको दीर्घकालीन उपायको रूपमा औंल्याएका हुन्।

    बुधबार राष्ट्रिय सभामा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी प्रतिवेदन’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले निर्यातलाई नै वास्तविक व्यापारका रूपमा परिभाषित गरे।

    "चामल किनेर खानु व्यापार होइन"

    ‘भन्सारमा कर उठाउने प्रयोजनबाहेक आयात व्यापार होइन,’ प्रधानमन्त्री ओलीले स्पष्ट पारे, ‘चामल किनेर खानु व्यापार होइन, आफूसँग भएको चामल बेच्नु व्यापार हो। त्यसैले निर्यात वृद्धि गर्न हामीले उत्पादन विविधीकरणमा जोड दिनुपर्छ।’

    उनले कृषि क्षेत्रमा ठूलो मात्राको व्यावसायिक उत्पादन, आधुनिकीकरण, तथा सूचना प्रविधिको प्रयोगलाई अत्यावश्यक बताए। अकबरे खुर्सानीको उदाहरण दिँदै उनले एक किसानले वार्षिक तीन करोड रुपैयाँ आम्दानी गरेको उल्लेख गरे।

    सुपर जोन र आधुनिक कृषि प्रणालीको चर्चा

    ओलीले सुपर जोन, जोन, ब्लक र पकेट क्षेत्रमार्फत कृषि क्रान्तिको सम्भावना रहेको धारणा राखे। उनले भने, ‘अब ध्यान उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणमा हुनुपर्छ।’

    'गरिब भयौँ' भन्ने मानसिकताबाट बाहिरिनुपर्ने

    नेपाल अब अतिकम विकसित राष्ट्रको सूचिबाट विकासशील राष्ट्रमा स्तरोन्नति भइसकेको उल्लेख गर्दै उनले आत्मविश्वासका साथ अघि बढ्नुपर्नेमा जोड दिए। "अब हामीले ‘गरिब भयौँ, सहयोग चाहियो’ भन्ने भाषा बोल्ने होइन। समान सार्वभौमिकताको आधारमा मित्रवत् सम्बन्ध बनाउने हो," प्रधानमन्त्री ओलीको भनाइ थियो।

    भारत–चीनजस्ता छिमेकी बजारलाई अवसरको रूपमा लिनुपर्ने

    प्रधानमन्त्री ओलीले भारत र चीनजस्ता विशाल र बढ्दो क्रयशक्ति भएका छिमेकी बजारहरूलाई नेपालको लागि ठूला अवसरका रूपमा चित्रित गरे। उनले सुमधुर सम्बन्धमार्फत बजार पहुँचको समस्या समाधान गर्न सकिने धारणा राखे।

    ‘हामीलाई आयात र निर्यात दुवैमा समस्या हुँदैन, यदि दुई छिमेकीसँग सहकार्य सुदृढ बनायौं भने,’ प्रधानमन्त्री ओलीले निष्कर्ष दिएका थिए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend