काठमाडौँ । भक्तपुरको गट्ठाघरमा गत बिहीबार भएको सवारी दुर्घटनाबारे छानबिन गर्न समिति बनेको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
दुर्घटनाका सम्बन्धमा सरोकारवाला सबै पक्षसँग छलफल गरेर सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयले उक्त समितिलाई कार्यादेश दिएको छ।
गृहमन्त्री रमेश लेखकले गट्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई निर्देशन दिएका थिए।
भक्तपुरको गठ्ठाघर चोकनजिकै ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको थियो।

