२०८३, आश्विन २० गते

images
  • समाचार
  • सोलुखुम्बु थामेमा २ हिमताल फुटेपछि बाढी...

सोलुखुम्बु थामेमा २ हिमताल फुटेपछि बाढी आएको पुष्टि(भिडियोसहित)

सोलुखुम्बु थामेमा २ हिमताल फुटेपछि बाढी आएको पुष्टि(भिडियोसहित)

शनिवार, भाद्र १ २०८१०५:०७
शनिवार, भाद्र १ २०८१०५:०७
  • images


    काठमाडौं । सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा हिमताल फुटेर बाढी आएको पाइएको छ । शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्‍याएको थियो ।

    शनिबार बिहान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।

    त्यस क्रममा थामे खोलाको मुहान क्षेत्रमा रहेका ५ वटा हिमतालमध्ये २ वटा फुटेको पाइएको अवलोकनमा गएकाहरूलाई उधृत गर्दै सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन् । २ वटा फुटेको र २ वटा अझै जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन् ।

    बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका-३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवतजावत ठप्प बनेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend