२०८३, आश्विन २० गते

images
  • राजनीति
  • दुई आम निर्वाचनमा सर्वाधिक मत ल्याएर...

दुई आम निर्वाचनमा सर्वाधिक मत ल्याएर चुनाव जित्ने मै हुँ : प्रधानमन्त्री

दुई आम निर्वाचनमा सर्वाधिक मत ल्याएर चुनाव जित्ने मै हुँ : प्रधानमन्त्री

आइतवार, श्रावण १८ २०८२०३:०८
आइतवार, श्रावण १८ २०८२०३:०८
  • images

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगत दुई आम निर्वाचनमा कुनै पनि अनुचित माध्यम नअपनाई सर्वाधिक मतले आफू विजयी भएको दाबी गरेका छन्।

    आइतबार काठमाडौंमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निर्वाचन प्रणालीप्रति उठेका आलोचनालाई खण्डन गर्दै आफ्नो निर्वाचन अनुभव प्रस्तुत गरेका हुन्।

    "विगत दुईवटा आम निर्वाचनमा नेपालमा सर्वाधिक मत ल्याएर जितेको सांसद म नै हुँ," ओलीले भने, "कुनै प्रकारको अनफेयर क्रियाकलाप नगरी, बुथ कब्जा नगरी, धम्की नदिई, न धन न बल प्रयोग गरेर जनताले दिएको भोटबाट स्वच्छताका साथ जितेको हुँ।"

    कार्यक्रममा "नेपालमा निर्वाचनको इतिहास" शीर्षक पुस्तकका लेखक सूर्यप्रसाद श्रेष्ठको कामको प्रशंसा गर्दै ओलीले २०४८ सालको संसदीय चुनावमा झापाबाट उम्मेदवारी दिँदा पार्टीबाट जम्मा दुई सय रुपैयाँ पाएको स्मरण गरे।

    “त्यसमा पनि २० रुपैयाँ बचत भयो,” उनले हाँस्दै भने, “चुनाव सकिएपछि साथीहरूसँग त्यही बचेको पैसाले चिया खाएका थियौं।”

    प्रधानमन्त्री ओलीले हालको निर्वाचन प्रणालीलाई महँगो बनाउने प्रवृत्तिबाट सच्चिनुपर्नेमा जोड दिए।

    "यदि म कसैले धम्की दिएको, नियम उल्लङ्घन गरेको, वा बुथ कब्जा गरेको प्रमाण देखाउन सक्छ भने म जवाफ दिन तयार छु," उनले चुनौतीपूर्ण शैलीमा भने, "तर केवल रिसको भरमा गाली गर्नु अर्को कुरा हो।"

    ओलीको यो अभिव्यक्तिलाई आगामी निर्वाचन सुधार, राजनीतिक शुद्धता र पारदर्शिता सम्बन्धी बहसको केन्द्रमा रहन सक्ने विषयको रूपमा लिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend