काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले मेयरसँग युवा कार्यक्रम आयोजना गरेको छ ।
युवाहरुका समस्या, परि मर्का तथा उनीहरुको प्रवद्र्धनमा पालिकाले कसरी कार्ययोजना बनाउन सक्छ भन्ने विषयमा केन्द्रीत भएर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको पालिकाले जनाएको छ ।
शनिबारको भेलाले युवाको हत हितमा काम गर्न छिन्नमस्ता युवा सञ्जाल समेत गठन गरिएको छ । युवाहरुको हक हितका लागि उक्त संस्थाले काम गर्छ । शनिबारको छलफलले उक्त सञ्जाल गठनको निर्णय गरेसँगै दर्ताको प्रक्रिया समेत शुरु हुने पालिकाका अध्यक्ष चौधरीले बताए ।
पालिकाका स्थानीय ज्वतीश कुमार मिश्राको संयोजकत्वमा ५०१ तदस्र्थ समिति गठन भएको छ । युवाको समग्र भविष्य, समस्या समाधान तथा अन्य विषयमा छलफल गर्ने, युवा लक्षित तथा युवा मैत्री कार्यक्रम गर्नेमा समन्वय तथा सहकार्य गरी अघि बढ्ने तदस्र्थ समितिका संयोजक मिश्राले बताए ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष युवा हुनु र युवाका मागहरु प्रत्यक्ष रुपमा सुनुवायी हुँदा समस्याको समाधानमा सहजीकरण भएको मिश्राको भनाई छ ।
पालिकाका अध्यक्ष विद्यानन्द चौधरीले स्थानीय युवाको सक्रियतामा मेयरसँग युवा कार्यक्रम सञ्चालन गरिएको बताए । उनले युवाहरु एकजुट भएर समग्र समस्याको समाधान तथा विकल्पको खोजीमा जुट्नु नै महत्वपूर्ण भएको बताए । 

