२०८३, आश्विन २० गते

images

तीन गुणाले बढ्यो सिद्धार्थ बैंकको वितरणयोग्य नाफा, यस्तो छ अन्य सूचक

तीन गुणाले बढ्यो सिद्धार्थ बैंकको वितरणयोग्य नाफा, यस्तो छ अन्य सूचक

शुक्रवार, श्रावण २३ २०८२१०:०३
शुक्रवार, श्रावण २३ २०८२१०:०३
  • images

    काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको वितरणयोग्य मुनाफा तीन गुणाले बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा तीन गुणाले अर्थात् २२० प्रतिशतले वृद्धि भई १ अर्ब ८६ करोड रुपैयाँ पुगेको हो ।

    डिबेन्चर रिडेम्सन रिजर्भमा एक अर्ब ४६ करोड रुपैयाँ रकम छुट्टाएपछि पनि बैंकले १३.२२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने आधार तयार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वितरणयोग्य मुनाफा ५८ करोड रुपैयाँ मात्र थियो ।

    समग्र मुनाफा पनि १०.२४ प्रतिशतले वृद्धि भई ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ८ करोड रुपैयाँभन्दा उल्लेखनीय वृद्धि हो । बैंकले कम जोखिम भएका कर्जातर्फ प्राथमिकता दिँदै लगानी पोर्टफोलियोमा सुधार गरेको छ । जसले खराब कर्जालाई २.६२ प्रतिशतमा सिमित गर्दै सन्तुलित विस्तार गरेको छ ।

    बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.४३ प्रतिशतले वृद्धि भएको हो । सेवा शुल्क र अन्य आम्दानी समेत १५।०९ प्रतिशतले बढ्दै १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । सञ्चालन आम्दानीमा ११.८२ प्रतिशतको वृद्धिसँगै कुल आम्दानी ११ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

    बैंकले गत वर्ष थप १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १६.१६ प्रतिशतले बढ्दै २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९.७६ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । निक्षेपमा ३८ अर्ब ९९ करोड र कर्जामा १९ अर्ब ७ करोड रुपैयाँको वार्षिक वृद्धि देखिएको छ ।

    बैंकको चुक्ता पूँजी १४ अर्ब ९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।Siddharth-Bank-data.png

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend