काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) दिउँसो र राति पनि देशभर मौसम बदली रहने र विभिन्न स्थानमा वर्षा जारी रहने जनाएको छ।
महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोसी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।
राति पनि देशभर साधारणतया बदली रहनेछ। मधेस, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराईका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेशका साथै कोसी र बागमतीका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान छ।

