२०८३, आश्विन २० गते

images

खराब कर्जा घट्दा एभरेष्ट बैंकको नाफा ५ अर्ब पुग्यो, यस्ता छन् अन्य सूचक

खराब कर्जा घट्दा एभरेष्ट बैंकको नाफा ५ अर्ब पुग्यो, यस्ता छन् अन्य सूचक

सोमवार, श्रावण २६ २०८२०९:०८
सोमवार, श्रावण २६ २०८२०९:०८
  • images

    काठमाडौँ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१र८२ मा झन्डै पाँच अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सोमबार सार्वजनिक गरेको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार यो नाफा अघिल्लो वर्षको तुलनामा ३२.८० प्रतिशतले बढेको हो।

    गत आवमा बैंकको खुद नाफा ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यो रकम ३ अर्ब ६९ करोड ६८ लाख रुपैयाँ मात्र थियो।

    वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी १९।३६ प्रतिशतले वृद्धि भई ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो आम्दानी ७ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ थियो।

    संचालन नाफा पनि ३१.६३ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ। ब्याज आम्दानी र संचालन नाफामा आएको यस वृद्धिले नै खुद नाफा बढ्न मद्दत गरेको बैंकको विवरणमा उल्लेख छ।

    असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम ३ अर्ब ३० करोड २३ लाख रुपैयाँ थियो। यस आधारमा बैंकले सेयरधनीलाई ३८.२७ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको देखाएको छ, जुन अघिल्लो वर्ष ३८.०६ प्रतिशत थियो।

    हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ र जगेडा तथा कोष १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ रहेको छ।

    बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३७ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा पुगेको छ। खराब कर्जा ०.३८ प्रतिशतमा झरेको छ।  जुन अघिल्लो वर्ष ०.७१ प्रतिशत थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend