२०८३, आश्विन २० गते

images

सिन्धुपाल्चोकको तिपेनीमा पहिरोले इन्द्रावती थुनियो

सिन्धुपाल्चोकको तिपेनीमा पहिरोले इन्द्रावती थुनियो

सोमवार, भाद्र ३ २०८१०७:५४
सोमवार, भाद्र ३ २०८१०७:५४
  • images

    काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल–७ तिपेनीमा सुख्खा पहिरोले इन्द्रावती नदी थुनिएको छ। तिपेनीस्थित क्षेत्रीय अस्पतालको माथिल्लो भागबाट खसेको सुख्खा पहिरोले नदी थुनिएको नेपाली सेनाले जनाएको छ।

    पहिरोका कारण थुनिएको नदी एक्कासी खोलिएमा बाढी आउन सक्ने भन्दै सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना जारी गरी पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं.७, ८ तथा मेलम्ची नगरपालिका वडा नं. ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    पहिरोका कारण जोखिममा परेका स्थानीयबासी एवम् उनीहरुका सामग्री तथा अस्पतालका सामग्रीहररू सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यका लागि ईन्द्रध्वज गणबाट फौज खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

    sindhuaa.jpeg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend