२०८३, आश्विन २० गते

images
  • समाचार
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा बाँकी साक्षी...

नक्कली भुटानी शरणार्थी प्रकरणमा बाँकी साक्षी झिकाउन अदालतको आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा बाँकी साक्षी झिकाउन अदालतको आदेश

मंगलवार, श्रावण २७ २०८२०४:१३
मंगलवार, श्रावण २७ २०८२०४:१३
  • images

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा बाँकी रहेका साक्षीहरूलाई उपस्थित गराउन आदेश दिएको छ। मंगलबार न्यायाधीश ध्रुवराज कार्कीको इजलासबाट जारी आदेशअनुसार, फौजदारी कार्यविधि संहिताको दफा ११२ बमोजिम भदौ ११ गतेसम्म बकपत्र गराउन म्याद जारी हुनेछ।

    अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार, बाँकी साक्षीहरूलाई बुझ्ने प्रक्रिया अघि बढाउन इजलासले स्पष्ट निर्देशन दिएको हो।

    यो बहुचर्चित मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन्। रायमाझी र पाण्डेसहित केही व्यक्ति हाल थुनामा छन् भने खाणसहितका केही बाहिरबाटै मुद्दा लडिरहेका छन्।

    प्रतिवादीहरूविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी अभियोग लगाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend