२०८३, आश्विन २० गते

images

सर्केगाड गाउँपालिकाका उपाध्यक्षको निधन

सर्केगाड गाउँपालिकाका उपाध्यक्षको निधन

सीएनएन खबर
मंगलवार, भाद्र ४ २०८१०८:३४
सीएनएन खबर
मंगलवार, भाद्र ४ २०८१०८:३४
  • images

    काठमाडौँ । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा परेर निधन भएको छ । 

    नेकपा माओवादी केन्द्रको तर्फबाट सर्केगाड गाउँपालिकाको उपाध्यक्ष निर्वाचित उनी सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाने क्रममा दुर्घटनामा परेका थिए । 

    उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना भएको थियो । उनको नेपालगञ्जमा उपचारको क्रममा आज बिहान करिब २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ ।

    पार्टीमा मुक्ति उपनामले चिनिने उनी कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका श्रीमान पनि हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend