२०८३, आश्विन २० गते

images

उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ

उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ

बुधवार, श्रावण २८ २०८२१२:४१
बुधवार, श्रावण २८ २०८२१२:४१
  • images

    काठमाडौं । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थितिमा उच्च अदालतका लागि नियुक्त २७ जना न्यायाधीशले पद तथा गोपनियताको शपथ लिएका छन्।

    सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त न्यायाधीशलाई शपथ गराए। न्याय परिषद्ले साउन २२ गते बसेको बैठकमार्फत उनीहरूलाई विभिन्न उच्च अदालत तथा इजलासमा पदस्थापन गरेको हो।

    नियुक्तमध्ये यमबहादुर बुढामगर – उच्च अदालत सुर्खेत, जुम्ला इजलास,गोपालप्रसाद बास्तोला – उच्च अदालत पाटन,गिरीराज गौतम – उच्च अदालत दीपायल, महेन्द्रनगर इजलास,युवराज गौतम – उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुगा, तेजनारायण पौडेल – उच्च अदालत तुलसीपुर, बुटवल इजलास,दीपककुमार खरेल – उच्च अदालत पाटन, कमलप्रसाद पोखरेल – उच्च अदालत जनकपुर, वासुदेव न्यौपाने – उच्च अदालत पाटनमा पदस्थापन गरिएको छ ।

    यस्तै दलबहादुर केसी – उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास,प्रकाशचन्द्र अधिकारी – उच्च अदालत दीपायल,रमेशप्रसाद ज्ञवाली – उच्च अदालत पाटन, अवनी मैनाली भट्टराई – उच्च अदालत पाटन,खड्गराज अधिकारी – उच्च अदालत दीपायल, शङ्कर खत्री – उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्ज,अच्युत कुइँकेल – उच्च अदालत पाटन, कोमलबहादुर खत्री – उच्च अदालत सुर्खेतमा पदस्थापन गरिएको छ ।

    कानून व्यवसायीबाट नियुक्त हुनेहरूमा शर्मिला थापा विष्ट, प्रतापसिंह ठकुराठी, बालकृष्ण गैरे, निशा बानियाँ, श्यामकुमार विश्वकर्मा र अरुणकुमार पञ्जियार रहेका छन्।

    शपथपछि सबै नवनियुक्त न्यायाधीश आफ्नोआफ्नो इजलासतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend